जेठ ०५, २०८१, शनिबार
               

ब्याज छुट नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् ।

साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस वक्तव्य जारी गर्दै सडक संघर्षको चेतावनी दिएको छ । विभिन्न ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु पूरा नभए सडकमा उत्रिन बाध्य भइने भन्दै महासंघले चेतावनी दिएको छ ।

करिब ३ महिना भएको पूर्ण लकडाउन र हालसम्म पनि जारी रहेकेा आंशिक लकडाउनका कारण उद्योग-व्यवसायहरु निकै अप्ठेरोमा परेको भन्दै तत्कालै ब्याज छुटको घोषणा गरिनुपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्कीले बताए ।

लकडाउन पूर्णरुपमा नखुल्दै बैंकले ऋण तिर्न ताकेता गरेको भन्दै ऋण तिर्ने भाका पनि पर सार्नुपर्ने बताए।व्यवसायीहरुको समस्याहरुलाई सहज बनाउन राष्ट्र बैंकले केहि प्रयास गरेको भए पनि पर्याप्त भने नभएको उनले बताए ।

महासंघले  लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत् छुट हुनुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तिमा एक वर्ष पछाडि सार्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी-व्यवसायीहरुको पहुँच सुनिश्चितता गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गर्नुपर्ने र  स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गर्नुपर्ने माग अघि सारेको छ ।

यो पनि