जेठ ०५, २०८१, शनिबार
               

असारभित्र दुई कम्पनीको आईपीओ आउँदै

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । असारभित्रै दुई वटा आकर्षक कम्पनीको आईपीओ शेयर आउने भएको छ ।

साधना लघुवित्तकाे असार २१ गते र अजोड इन्स्योरेन्सकाे असार २५ गते प्रारम्भिक साधारण (आईपीओ) निष्कासन हुने भएकाे हाे ।

दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने अनुमति पाएर बिक्रीका लागि आह्वान गरेअनुसार साधना लघुवित्तको असार २१ गतेदेखि २४ गतेसम्म तथा अजोडको असार २५ गतेदेखि २९ गतेसम्म यस्तो शेयर बिक्री खुला हुनेछ ।

साधना लघुवित्तले  ७ करोड ८ लाख ८ हजार रुपैंया बराबरको लाख ७ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्बसाधारणका लागि खुला गरिनेछ । 

त्यस्तै अजोड इन्स्योरेन्सले ३० लाख कित्ता शेयर बजारमा बिक्री गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत शेयर कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । यो शेयर २ लाख ७५ हजारले १०/१० कित्ताको दरले प्राप्त गर्नेछन् । 


कस्तो लाग्यो ?

यो पनि