जेठ ०५, २०८१, शनिबार
               

आर्थिक अभावले रोगसँग जुध्दै लोपोन्मुख राजी बालक

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

सुुर्खेत । आर्थिक अभावले लोपोन्मुख राजी समुदायका एक बालक ओस्टेओमाइटिस अर्थात हड्डी पाक्ने रोगसँग जुधिरहेका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० का १५ वर्षीय चन्द्र राजी अस्पतालबाटै सहयोगको याचना गरिरहेका छन् । अति विपन्न परिवारका राजीलाई परिवारले दुई साताअघि उपचारका लागि वीरेन्द्रनगर ल्याएको हो ।

एक हप्ता देउती अस्पतालमा उपचारपछि आर्थिक अभावका कारण उहाँलाई प्रदेश अस्पताल लगिएको थियो । हाल दुवै खुट्टा पाकेको अवस्थामा प्रदेश अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा उनको उपचार भइरहेको छ । बिरामीका दाजु पदमबहादुर राजीले अस्पतालले दुवै खुट्टा पूर्णरुपले कुहिएकाले उपचार महँगो पर्ने बताएपछि आफूहरु समस्यामा परेको बताए ।

राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले विपन्न बिरामीको उपचारमा आर्थिक अभाव रहेकाले सहयोगका लागि आग्रह गरे । ‘औषधि महँगो पर्ने भएकाले अस्पतालले पूरै उपचारमा धान्न नसक्ने बतायो, त्यही भएर राजी समाजको अगुवाइमा आर्थिक संकलन अभियान सुरु गरेका छौँ’, उनले भने । समाजले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ मा बचत गर्न आग्रह गरेको छ । राजी नेपालमै लोपोन्मुख आदिवासी जनजाति समुदायमा पर्दछ ।

उपचारमा संलग्न हाडजोर्नी विशेषज्ञ डाक्टर रुपक कँडेलले पहिला हड्डी पाक्ने र रगतबाट अन्य भागहरु मुटु, फोक्सो, मिर्गौलामा सरेर ती अङ्ग नष्ट गर्ने यो एक जटिल प्रकारको रोग भएको बताए । ‘यसको उपचार सम्भव छ, तर हड्डीमा पिप जमेको छ वा हड्डी नै नष्ट भएको छ भने त्यसको बारेमा पोष्टम्याटम गरेर शल्यक्रिया गर्नुपर्छ’, उनले भने, ‘साना दुई वटा शल्यक्रिया भइसकेको छ, यसको औषधिहरु पनि महँगो पर्दछ, आइसोलेसनमा राखेर उपचार गर्न कम्तीमा दुई महिना जति लाग्छ ।


कस्तो लाग्यो ?

यो पनि