जेठ ०५, २०८१, शनिबार
               

नेपालीको प्रतिव्यक्ति आय बढ्यो

नेपाल फ्ल्यास
असार १९, २०७७

ADVERTISEMENT

नेपालीको प्रतिव्यक्ति आय वृद्धि भएको छ । विश्व बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार नेपालीको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले बढेको छ । यो वृद्धिसँगै नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० डलर पुगेको छ ।

गत वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय ९ सय ६० डलर थियो । २०२० को १ जुलाईसम्मको तथ्यांकअनुसार नेपालीहरुको प्रतिव्यक्ति आय भएको प्रतिवेदनमा उल्लेख  छ । यो वृद्धिसँगै नेपाल न्यून आय भएको देशबाट निम्न मध्यम आय भएको देशको सूचीमा प्रवेश गरेको छ ।

विश्व बैंकले विश्वका सबै देशको प्रतिव्यक्ति आयका आधारमा वर्गिकरण गर्दै आएको छ । प्रतिव्यक्ति आयमा देखिएको सुधारसँगै नेपालले सन् २०३० भित्र आफूलाई मध्यम आय भएको देशको सूचीमा पुर्‍याउने लक्ष्यतर्फ उन्मुख देखिन्छ । 

नेपालसँगै तान्जानिया, रोमानिया, नारुरु, मोरिसस इन्डोनेसिया र बेनिन पनि प्रतिव्यक्ति आय बढाउँदै माथि उक्लिएका छन् ।

विश्व बैंकको प्रतिवेदनअनुसार श्रीलंका प्रतिव्यक्ति आय भने घटेको छ । प्रतिव्यक्ति आय घटेसँगै श्रीलंका उच्च मध्यम आय भएको देशबाट निम्न मध्यम आय भएको देशको सूचीमा झरेको छ ।

त्यसैगरी, सुडान र अल्जेरिया पनि उच्च मध्यम आयको देशबाट निम्न मध्यम आय भएको देशमा झरेका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि