जेठ ०५, २०८१, शनिबार
               

फेरि सुनको मूल्यमा गिरावट

नेपाल फ्ल्यास
असार १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहीबार गिरावट आएको छ । तोलामा रु ७०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी, तेजावी सुन तोलामा ९० हजार ५  सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा ९  सय ५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।

यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि