मंसिर ०७, २०८१, शुक्रबार
               

गड्डाचौकी सीमानाका खोल्न माग गर्दै भारतीय व्यापारीद्वारा बुझाए ज्ञापनपत्र

नेपाल फ्ल्यास
असार १४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतीय व्यापारीहरुले कन्चनपुरको गड्डाचौकी सीमा नाका खोल्न माग गरेका छन् । 

प्रान्तीय उद्योग व्यापार प्रतिनिधि मण्डल वनवसा (चम्फावत)ले भारतस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र पठाउँदै सीमा नाका सञ्चालन गर्न आग्रह गरेको हो । 

भारतीय सीमावर्ती बजार वनवसाका व्यापारीहरुले आफ्नो व्यापार व्यवसाय ठप्प रहेको ज्ञापनपत्रमा उल्लेख गर्दै नाका खोल्न दबाब दिएका हुन् । 

सो ज्ञापनपत्रमा ९५ प्रतिशतभन्दा बढी कारोबार नेपालमा रहेको बताउँदै व्यापारीहरुको कारोबार नहुँदा आफूहरु मर्कामा परेको बताएका छन् । 

भारतीय व्यापारीहरुद्वारा पठाइएको सो ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको महेन्द्रनगरलगायत क्षेत्रका व्यापारीबाट वनवसाका व्यापारीबाट मालसामान उधारो लिएको लाखौं रुपैयाँ सीमा सिल भएका कारण असुल हुन सकेको छैन ।’ 

भारतीय व्यापारीहरुले नेपालका व्यापारीहरुबाट उधारो असुली हुन नसक्दा उताका व्यापारीलाई उधारो तिर्न समस्या भएकोले पनि नाका खुलाउन उनीहरुले जोड दिएका छन् । 

भारतीय सेनाबाट सेवानिवृत्त सैनिकहरुलाई निवृत्त भत्ता बुझ्नका लागि सीमा नाकामा सहजै आउजाउ गर्न दिइएको प्रसंग सो ज्ञापनपत्रमा उल्लेख गर्दै भारतीय व्यापारीहरुलाई पनि सोही व्यवस्था गर्न माग गरिएको छ । 

सो नाका गत मार्च २१ देखि बन्द भएको छ । 


कस्तो लाग्यो ?

यो पनि