जेठ ०५, २०८१, शनिबार
               

सुनचाँदीको भाउ फेरि घट्यो

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ आज घटेको छ । 

शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुन तोलाको ९० हजार ६ सय रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९१ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, तेजाबी सुन पनि तोलाको ९० हजार १ सय ६० तोकिएको छ । सुनको भाउ तोलाको ९१ हजार १ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरिसकेको छ ।

यस्तै, चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ९ सय ४० कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको ९ सय ३५ रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य हालसम्म सबैभन्दा उच्च ९ सय ५० रुपैयाँसम्म पुगेको थियो । 


कस्तो लाग्यो ?

यो पनि