मंसिर ०१, २०८१, शनिबार
               

घर बहाल छुट गर्ने घरधनीलाई वार्षिक दश प्रतिशत छुट दिने महानगरको घोषणा

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले  एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ ।

महानगरपालिकाले घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६/७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा दश प्रतिशत छुट दिने बताएको हो । 

यसका अलवा २०७६/७७ को कर चुक्ता भइसकेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ ।

सो विधेयकमा भनिएको छ– महानगरपालिकाले  आर्थिक वर्ष २०७६/७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमासमेत कोभिड–१९ का कारण कम्तीमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७/७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिनेछ । 

यसका अलवा महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण व्यवसायमा परेको प्रभाव न्यूनीकरणका लागि विशेष घोषणा गरेको छ । 

यो पनि