मंसिर ०७, २०८१, शुक्रबार
               

एमसीसी कार्यान्वयनको नयाँ मितिको तयारी

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

काठमडौं । एमसीसी कार्यान्वयको नयाँ मितिको तयारी भएको छ ।

पूर्वनिर्धारित मितिमा एमसीसी सुरु नहुने पक्का भएपछि अर्थ मन्त्रालयले कार्यान्वयनको नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेको हो । 

तर, अर्थमन्त्रालयका एक पदाधिकारीले सम्पूर्ण तयारी सक्ने अवधि कति राख्ने भन्ने विषय अहिले नै यकिन भई नसकेको बताउँदै यसका लागि राजनीतिक निर्णय आवश्यक रहेको बताएका छन् । 

उनले भने, ‘अहिले हामी नयाँ मिति प्रस्ताव गरेर एक हप्ताभित्र पत्र पठाउँछौँ ।’

नेपालले १६ असारसम्म एमसीसी कार्यान्वयनका लागि सम्पूर्ण तयारी सक्ने बचनबद्धता जाहेर गरेको थियो । 

तर, अहिले राजनीतिकलगायत कारणले सो कार्य पूरा गर्न नसकेको अवस्थामा कोभिड–१९लगायत कारणले कार्यान्वयनको तयार पूरा गर्न नसकेको भनी एमसीसीलाई जानकारी गराउने तयारी  भएको अर्थमन्त्रालयका एक अधिकारीले बताए । 

कार्यान्वयनमा जानुअघि एमसीसी कार्यान्वयनका लागि सो कम्प्याक्ट नेपालको प्रतिनिधिसभाबाट पारित हुनुपर्ने प्रावधान छ । 

सो कारणले पनि एमसीसीले यतिधेरै चर्चा तथा परिचर्चा पाएको हो । नेपाल र अमेरिकाबीच एमसीसीमा सम्झौता २०७४ भदौ २९ मा भएको थियो । 

एमसीसीको विषयमा सत्तारुढ दलभित्र मत बाँझिँदा मुख्यत: यस विषय समयमै कार्यान्वयनमा आउन नसकेको हो । 


कस्तो लाग्यो ?

यो पनि