जेठ ०५, २०८१, शनिबार
               

सुनको मूल्य घट्यो

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा ५ सय ५ रुपैयाँले घटेर ९० हजार एक सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार छ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि