बैशाख १७, २०८१, सोमबार
               

अजोड इन्सुरेन्सकाे ३० लाख कित्ता आइपीओ आउदै

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्दैछ ।

हाल अजोडको अधिकृत पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले यही पुँजीबाट आइपीओ ल्याउन लागेको हो । आइपीओ बिक्रीपछि यसको पुँजी पनि १ अर्ब रुपैयाँ पुग्नेछ । 


कस्तो लाग्यो ?

यो पनि