बैशाख २२, २०८१, शनिबार
               

बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मंगलबार सो अदालतमा मुद्दा दायर गरेको हो । 

विभागले श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दयार गरेको छ । 

उनी नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत हुन् । 

उनीविरुद्ध विभागल २ अर्ब ६६ करोड ६१ लाख बिगो र त्यसो दोब्बर जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरेको छ । 

उनीमाथि किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्ने गरेको आरोप छ । 

यो पनि