असोज ०६, २०८१, आइतबार
               

धान रोप्ने चटारोमा किसान (फोटो फिचर)

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । म्याग्दी, पोखरा र कञ्चनपुरका कृषक धान रोपाइँमा रमाउँदै । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा खेतमा धान रोप्दै गरेका रोपाहारहरु हुन् । यस वर्ष पानी र खेतालाको अभाव नभएकाले धान रोप्न सहज भएको कृषकले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्रमा जेठ अन्तिम सातादेखि नै रोपाइँ सुरु भएको छ । 

यस्तै, पोखरा महानगरपालिका–१६ स्थित अर्मलास्थित ठूलिवेसी फाँटमा जेठो बुढो विउ काड्दै र रोपाइँ गर्दै गरेका कृषक महिलाहरु हुन् । कृषक गोविन्द खड्काले धानमध्येको अव्बल जेठो बुढो धानको विउ उत्पादन गरि बिक्री गर्दै आएको बताए ।

यसका साथै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका महिला रोपाईका लागि धानको बीउ निकाल्दै गरेको तस्विरमा देखिन्छ । मनसुन भित्रिने क्रम सुरु भएसँगै किसानलाई रोपाइँको चटारो बढेको छ ।

- तस्विर: रासस


कस्तो लाग्यो ?

यो पनि