बैशाख २५, २०८१, मंगलबार
               

प्युजो इभीका गाडी बजेटअघिकै मूल्यमा बिक्री

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्युजोको विद्युतीय कार (peugeot ev car) नेपालमा बजेटअघिकै मूल्यमा पाइने भएको छ । सांग्रिला मोटर्सले आफ्नो प्युजो पार्टनर टेपी इभी बजेटअघिकै मूल्य अर्थात् ५५ लाख रुपैयाँमै बिक्री गर्ने भएको हो ।

प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिक्रीसुरु भएको थियो । सांग्रिला मोटर्सले प्युजो गाडीहरूको नेपालका लागि आधिकारिक विक्रेता हो । सांग्रिलाले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा विद्युतीय गाडी बिक्री गर्दै आएको छ ।

सरकारले प्रस्तुत गरेको बजेट र आर्थिक ऐनमा विद्युतीय गाडीको कर दर वृद्धि गरिएको छ । सांग्रिलाले विविध प्रयोजनका लागि बजेटअघिको मूल्यमा प्युजोे पार्टनर टेपी ईभी किन्ने उचित समय भएको दाबी गरेको छ ।

प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक इन्जिन जडान गरिएको छ, जसले ६७ एचपी पावर, २०० एनएमटर्क, मात्र ४.२ सेकेन्डमा ३०–६० किमी प्रतिघण्टाको गति तथा ११० किमि प्रतिघण्टासम्म गति लिन सक्छ । त्यस्तै यसमा जडित २२  केडब्लूएच ब्याट्रीले एकपटकको चार्जमा १७० किमिसम्म गुड्न सक्छ ।


कस्तो लाग्यो ?

यो पनि