जेठ ०५, २०८१, शनिबार
               

उद्योग वाणिज्य महासंघमा ‘चण्डीराज युग’ सकिएको हो ?
चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा पछिल्लो १५ वर्षदेखि चण्डीराज ढकालको नाम सदाबहार गुन्जिरहेको छ । पूर्वअध्यक्षहरुमध्ये उनी राजनीतिक र व्यक्तिगत हिसाबले महासंघमा प्रभाव जमाइरहन सबैभन्दा सफल भएका छन् । पछिल्ला तीन वटा महासंघ अध्यक्ष आफ्नै बलबुतामा खडा गरेर उनले देशभरका व्यवसायीलाई आफ्नो प्रतिष्ठाको ‘ओझ’ देखाइसकेका छन् । त्यसैले महासंघमा जब चुनाव नजिकिन्छ र नेतृत्व चयनको विषय उठ्छ, त्यति बेला एउटा समूह चण्डीराज ढकालको ढोका ढकढक्याउन पुगिहाल्छ ।

यो वर्ष २७ र २८ चैतका लागि निर्धारण गरिएको महाधिवेशनमा पनि देशको सबैभन्दा सफल व्यवसायीक समूह मध्येको एक आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षको प्रत्याशी बन्नासाथ चण्डीराजको साथ खोज्न पुगेका थिए । चण्डीराजले चन्द्र ढकालको आकर्षक आर्थिक प्रस्ताव सहजै स्वीकार गरेका थिए । जस कारण दुवै ढकाल दाजुभाइ एक भएर निर्वाचनको तयारी गर्दैगर्दा कोभिड–१९ का कारण निर्वाचन सरेपछि अहिले प्रचार प्रसारको काम रोकिएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरिरहँदा महासंघको निर्वाचन गतिविधिले बाह्य रूपमा आराम पाए पनि भित्रभित्रै सबै उम्मेदवारहरू रणनीति निर्माण गरिरहेका छन् । यस्तो रणनीति निर्माण गर्नेक्रममा चण्डीराज ढकालप्रति उनको विपक्षी समूहले अन्तिम अस्त्र प्रहार गरेको छ । जस कारण चण्डीराजलाई अबका दिनमा कारबाही सिफारिस हुने गरी उनीबिरुद्धको खेद प्रस्ताव पारित गरिएको छ ।

चण्डीराजका विषयमा सधैँ सकारात्मक भवानीलाई यसपटक आफैँविरुद्ध बोलेको बिषयामा खेद प्रस्ताव आएकाले पारित नगर्दा गलत सन्देश जाने चिन्ता थियो ।

कसैले सोच्नै नसकेको खेद प्रस्ताव पारित गर्न चण्डीराजले ठूलै अपराध भने गरेका छैनन् । स्रोतका अनुसार निर्वाचनमा उनको विपक्षमा खडा भएको समूहले सुझबुझपूर्ण ढङ्गले उनलाई महासंघको राजनीतिबाट पाखा लगाउने अस्त्र प्रयोग गरेको हो । साताअघि महासंघको पदाधिकारी बैठक बसेको थियो । सो बैठकमा २७ र २८ चैतका लागि तय भएको महाधिवेशन मिति सरेकाले नयाँ मिति तोक्ने विषयमा छलफल गर्ने, सरकारसँग थप राहत प्याकेज माग गर्ने, बजेट कार्यान्वयनमा जानुअघि केही कुरा संशोधन गर्न अर्थमन्त्रीलाई सुझाव दिनेलगायतका एजेन्डा थिए । 

एक अन्तरवार्तामा चण्डीराजले ‘महासंघ अध्यक्ष भवानी राणाले आफूले भनेको नटेरेकाले हैसियत बिर्सिएको र राणाको हैसियत आफूले देखाइदिने’ अभिव्यक्ति दिएका थिए ।

पदाधिकारी बैठकमा अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्धय उमेशलाल श्रेष्ठ र किशोर प्रधान, कोषाध्यक्ष निरक केसी उपस्थित थिए । अर्का उपाध्यक्ष चन्द्र ढकाल भने उपस्थित थिएनन् । सो बैठकका एजेन्डामा छलफल सकिएपछि उपाध्यक्ष किशोर प्रधानले विशिष्ट सदस्य चण्डीराज ढकालविरुद्ध खेद प्रस्ताव ल्याएको बताए । यद्यपि, खेद प्रस्ताव दर्ता गर्ने कुरा अध्यक्ष राणालाई बैठकअघि नै जनाउ दिइसकिएको थियो ।

किशोर प्रधानले ल्याएको खेद प्रस्तावमा चण्डीविरुद्ध ठूलो कारण थिएन । एक अन्तरवार्तामा चण्डीराजले ‘महासंघ अध्यक्ष भवानी राणाले आफूले भनेको नटेरेकाले हैसियत बिर्सिएको र राणाको हैसियत आफूले देखाइदिने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिले अध्यक्षसहित महासंघको गरिमामा आँच आएकाले खेद प्रस्ताव पारित गर्नुपर्ने उपाध्यक्ष प्रधानको तर्क थियो । सो खेद प्रस्ताव ल्याउन निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पनि साथ दिएका थिए ।

चण्डीराजका विषयमा सधैँ सकारात्मक भवानीलाई यसपटक आफैँविरुद्ध बोलेको बिषयामा खेद प्रस्ताव आएकाले पारित नगर्दा गलत सन्देश जाने चिन्ता थियो । त्यसैले अध्यक्ष राणाले चण्डीराजका बारेमा आफ्नो धारणा सकारात्मक नै रहेको टिप्पणी गर्दै प्रधानले ल्याएको खेद प्रस्ताव पारित गरिदिइन् । सो बैठकमा उपाध्यक्ष चन्द्र ढकाल नजानुको कारण पनि अर्का उपाध्यक्ष प्रधानले ल्याउने खेद प्रस्ताव रहेको बुझिएको छ ।

‘अध्यक्षविरुद्ध बोलेको विषयमा खेद प्रस्ताव आउने भएपछि चन्द्र ढकाल सो महत्त्वपूर्ण बैठकमा नगएका हुन्’ स्रोतले भन्यो, ‘चण्डीराजले जे बोलेका थिए, त्यो गलत थियो । त्यसैले उनीबिरुद्ध आएको खेद प्रस्ताव पारित नगर्न असहयोग गर्दा माहौल झन् बिग्रने डरका कारण चन्द्र ढकाल बैठकमा गएनन् ।’ महासंघको निर्वाचित मिति तोक्न माग गर्दै चन्द्र ढकाल र चण्डी ढकालले नै सो बैठक राख्न अध्यक्ष राणालाई दबाब दिएका थिए । तर, सो बैठकमा विपक्षी समूहले खेद प्रस्ताव ल्याउने जानकारी पाएपछि ढकाल दाजुभाइ सल्लाह गरेर नै बैठकमा नगएको स्रोतको भनाइ छ ।

सो बैठकमा खेद प्रस्ताव दर्ता गर्ने प्रधान चन्द्र ढकालविरुद्ध वरिष्ठ उपाध्यक्षमा निर्वाचन लड्दै छन् । प्रधानलाई निवर्तमान अध्यक्ष मुरारका, वरिष्ठ उपाध्यक्ष गोल्छा, आगामी महाधिवेशनमा उपाध्यक्षका दुई जना प्रत्याशी अञ्जन श्रेष्ठ र सौरभ ज्योतिले सघाएका छन् । चन्द्र ढकाललाई भने चण्डीराजले साथ दिएका छन् । उनको टिममा उमेशलाल श्रेष्ठ उभिएका छन् ।

यसरी आफू अनुकूलको हर्कत गर्ने चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित भएपछि कारबाही गर्ने बाटो खुलेको छ । खेद प्रस्ताव पारित भएका विशिष्ट सदस्यलाई अनुशासन आयोगले कारबाही गर्न सक्ने अधिकार दिएको छ ।
खेद प्रस्ताव पारितपछि के हुन्छ ?

महासंघको विधानअनुसार पूर्वअध्यक्ष मध्येबाट एक जना विशिष्ट सदस्य राख्ने प्रावधान छ । यस्तो विशिष्ट सदस्य महासंघको कार्यकारिणी सदस्यमा उपस्थिति हुन पाउने व्यवस्था छ । तर, चण्डीराजले महासंघ अध्यक्ष आफू अनुकूल बनाइ सबै प्रकारका बैठकमा उपस्थिति जनाउने र हस्तक्षेप गर्दै आएका छन् । 

उनले भवानी राणालाई अध्यक्ष बनाउन विधान नै संशोधन गराइ सर्वसम्मत गराइदिएका थिए । तर, त्यसपछि अध्यक्ष भएर आउने शेखर गोल्छालाई रोक्न उनी आफैँ विधान संशोधन समितिको अध्यक्ष भएर वरिष्ठ उपाध्यक्ष आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने व्यवस्था हटाउन लागेका थिए । तर, ‘गोल्छासँगको धेरै चरणको बैठक’ पछि विधान संशोधन प्रक्रिया रोकियो र अहिले वरिष्ठ उपाध्यक्ष रहेका गोल्छा स्वतः अध्यक्ष बन्ने वातावरण तयार भएको छ ।

यसरी आफू अनुकूलको हर्कत गर्ने चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित भएपछि कारबाही गर्ने बाटो खुलेको छ । खेद प्रस्ताव पारित भएका विशिष्ट सदस्यलाई अनुशासन आयोगले कारबाही गर्न सक्ने अधिकार दिएको छ । अनुशासन आयोगको अध्यक्षमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ छन् । श्रेष्ठ तिनै व्यक्ति हुन् जसले अन्य ६ जना पूर्व अध्यक्षसँग मिलेर चण्डीराजलाई विशिष्ट सदस्यबाट हटाएर महासंघबाट सधैँका लागि बिदा गर्न २९ भदौ ०७६ मा निवेदन दिएका थिए । त्यतिखेर रविभक्तसँगै पूर्वअध्यक्षहरु महेशलाल प्रधान, मद्यम ज्योति, विनोदबहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्यले चण्डीविरुद्ध निवेदन दिएका थिए ।

पहिलेदेखि नै चण्डीविरुद्ध आक्रामक रविभक्त अहिले पशुपति मुरारका समूहमा छन् । त्यसैले अबका दिनमा रविभक्त नेतृत्वको अनुशासन आयोगको बैठकबाट चण्डीराज ढकाललाई कारबाही गराउन सक्ने स्रोतको भनाइ छ ।

‘एकपटक अनुशासन आयोगबाट कारबाही भयो भने त्यस्तो व्यक्ति महासंघको विशिष्ट सदस्य वा अन्य कुनै पनि कमिटीमा अयोग्य हुने विधानमै व्यवस्था छ’ एक व्यवसायीले भने । यसपटक अनुशासन आयोगबाट कारबाही भोगेको खण्डमा महासंघमा चण्डीराज युगको सधैँका लागि अन्त्य हुने देखिन्छ ।

चण्डीराज ढकाल को हुन् ?

कुनै बेलाका नाम चलेका गार्मेन्ट व्यवसायी ढकाल अहिले बैंकको खराब ऋणी हुन् । उनले राष्ट्रिय वाणिज्य बैंकमा १ अर्ब रुपैयाँ भन्दा बढी ऋण तिर्न बाँकी रहेको कर्जा सूचना केन्द्रले जनाएको छ । समयमै ऋण तिर्न नसकेकाले कर्जा सूचना केन्द्रले उनलाई कालोसूची नम्बर ४१९६, ४२०४, ४२४२, ४२५४, र ३७५४ मा गरेर ५ पटक कालोसूचीमा राखिसकेको छ ।

गार्मेन्ट व्यवसाय शिखरमा पुगेको समयमा ढकालले दुई दशकअघि वाणिज्य बैंकबाट ३० करोड रुपैयाँ ऋण लिएका थिए । सो ऋणको साँवा समयमै बुझाउन नसक्दा साँवा, ब्याज जोडिएर एक अर्ब नाघेको हो । मोमेन्टो एपेरल्स, रेडियन्ट फुटवयेर फेसन प्राइभेट लिमिटेड, र बेइजिङ डक रेस्टुरेन्टका अध्यक्ष ढकालको गार्मेन्ट व्यवसाय खस्केपछि आर्थिक रूपमा निरन्तर ओरालो लागिरहेका छन् ।

उनले गत असोज–कात्तिकमा विधान संशोधन नगरी शेखरलाई अध्यक्ष बनाउने सर्तमा केही रकम लिएको र सो रकम वाणिज्य बैंकमा बुझाएको स्रोतको भनाइ छ ।

यो पनि