बैशाख २४, २०८१, सोमबार
               

सेयर बजार खुल्ने संकेत, जोखिमबारे अध्ययन गरेर लगानी गर्न अर्थमन्त्रीको सुझाव

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार खुलाउने संकेत गरेका छन् । 

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो संकेत गरेका हुन् ।

‘सेयर बजार लामो समय बन्धक बनाउनु हुँदैन,’ उनले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्छ ।’

लकडाउनकै बीचमा केही दिन खुलेको सेयर बजार लगानीकर्ताको तीव्र विरोध पछि बन्द भएको थियो ।

लगानीकर्ताहरुले लामो समय पुँजी होल्ड भएको भन्दै बजार खुलाउनुपर्ने बताउँदै आइरहेका बेला आइतबार अर्थमन्त्री खतिवडाले बजार खुलाउनु पर्ने धारणा राखेका छन् । 

सधैँ बजार बन्द गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउँदै उनले सुरक्षा सतर्कता अपनाएर बजार खुलाउने बताए । 

उनले जोखिमबारे अध्ययन गरेर लगानी गर्न लगानीकर्तालाई सुझाव दिए । 

अर्थमन्त्री खतिवडाले बजारमा जोखिम नबुझेको तर लगानी गर्न चाहानेहरु पनि हुने भन्दै उनीहरुका लागि म्युचुअल फन्ड उत्तम हुने बताए । 
 

यो पनि