जेठ ०५, २०८१, शनिबार
               

सुनचाँदीको कारोबार खुल्यो, कति बढ्यो सुनको मूल्य ?

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउनका कारण बन्द रहेको सुनचाँदीको कारोबार आइतबारदेखि खुलेको छ । सुनचाँदीको कारोबार चैत ८ गतेदेखि बन्द भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ९६० तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो ।

सुनको मूल्य गत चैत १० गते प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोलाम करिब १० हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ । 


कस्तो लाग्यो ?

यो पनि