जेठ ०६, २०८१, आइतबार
               

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड राजश्व

नेपाल फ्ल्यास
जेठ २२, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

सिन्धुपाल्चोक । निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ ।

सो कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । 

गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख राजश्व सङ्कलन भएको थियो । गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख राजश्व असुली भएको छ । 

यही जेठमा मात्र १२ करोड ७५ लाख राजश्व सङ्कलन भएको छ । सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो । सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ । लकडाउन जारी रहँदा सो नाकाबाट एक अर्ब ७८ करोड २५ लाख २७ हजार रुपैयाँको सामान भित्रिएको छ ।  

उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए । भन्सार कार्यालयका अनुसार २६ चैतदेखि  एक अर्ब ६२ करोड १२ लाखको स्वास्थ सामग्री मात्र आयात भएको छ ।

यस्तै यस अवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, चार करोड ४४ लाखको धानको बीउ, ८२ लाखको कृषि सामग्री र ४९ लाख रुपैयाँको एम्बुलेन्स आयात भएको छ ।

यो पनि