सरकारले असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गरेको छ । शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि जेठ मसान्तसम्म बढाएको छ भने विमानस्थल तथा सीमा क्षेत्र असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।
तर, अब लकडाउनको मोडालिटी परिमार्जन गर्ने तयारी स्वरूप आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गरिएको हो ।
सोही अनुरूप नागरिक उड्डयन प्राधिकरण मातहतका आन्तरिक विमानस्थल कार्यालयलाई असार १ गतेदेखि आन्तरिक विमानस्थल सञ्चालनको लागि तयारीमा रहन निर्देशन दिइएको स्रोतले बतायो ।
एक आन्तरिक विमानस्थल कार्यालयका अधिकारीका अनुसार असार १ गतेदेखि विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा बस्न आफूहरूलाई प्राधिकरणबाट निर्देशन आएको बताए ।