बैशाख १७, २०८१, सोमबार
               

कर्मचारीलाई काममा बोलाउँदै एप्पल

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

कोरोना भाइरस महामारीका कारण अमेरिकाको सिलिकन भ्यालीका ठूला कम्पनीहरुले यो वर्षभरी नै आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने व्यवस्था गरिरहेको छ । तर, ठूलो कम्पनी एप्पलले भने फरक नीति ल्याएको छ ।

समाचार अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई आगामी गृष्मयामबाट कार्यालयमा उपस्थित भई काम गर्नुपर्ने व्यवस्थाको तयारी गरिरहेको छ ।

ब्लुम्बर्गमा प्रकाशित रिपोर्ट अनुसार एप्पलले आफ्ना कार्यालयहरू चरणबद्ध रुपमा खोल्ने योजना बनाएको छ ।

उक्त चरणबद्ध प्रक्रियाको सुरुआतका रूपमा विश्वका कतिपय क्षेत्रहरूका एप्पल कार्यालय खुलिसकेका छन् । एप्पलको यो योजनामा कार्यालय बाहिर बसेर काम गर्न असहज हुने अर्थात् काम गर्नका लागि कार्यालय जानैपर्ने बाध्यता रहेका कर्मचारीहरूलाई केन्द्रित गरिनेछ । आगामी जुलाइदेखि चाहिँ कार्यालयहरू अझै बृहत् रुपमा खुल्ला गर्ने एप्पलको योजना छ ।

कोरोना भाइरसपश्चात् सामान्य जीवनमा कसरी फर्किने भनेर विश्वका सरकार तथा कम्पनीहरू योजना तय गर्ने मामिलामा बिलखबन्दमा परिरहेका बेला एप्पलले यो तयारीलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

स्मरण रहोस् गुगल तथा फेसबुकले सन् २०२० भरी नै आफ्ना कर्मचारीहरूले घरबाटै काम गर्नसक्ने घोषणा गरिसकेका छन् । उता ट्विटरले चाहिँ आफ्ना केही कर्मचारीहरूले स्थायी रूपमै घरबाट काम गर्नसक्ने बताएको छ ।

एजेन्सी


कस्तो लाग्यो ?

यो पनि