जेठ ०४, २०८१, शुक्रबार
               

एनआईसी एसिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत ब्याज छुट प्रदान गर्ने

नेपाल फ्ल्यास
बैशाख २९, २०७७

ADVERTISEMENT

एनआईसी एसिया लघुवित्तले सबैै प्रकारका कर्जाहरूमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना ल्याएको छ।

राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याजदरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरेको थियो । तर त्यसपछि हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था गरेको उक्त संस्थाले जनाएको छ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहक सदस्य महानुभावको यस संस्थाको खातामा जम्मा गरिनेछ।

साथै संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम २०७६ चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७ रुपैयाँ ८७ पैसा ग्राहकको खातामा जम्मा गरिसकेको समेत जनाएको छ।

नेपाल राष्ट्र बैंकले मिति २०७७÷१÷१६ गते कोभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशतले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरुको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा ३ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि