बैशाख १५, २०८१, शनिबार
               

लाखमरीमा भाटभटेनी दोषी नरहेको दाबी

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । वाणिज्य विभागले बढी मूल्यमा लाखामरी बेचेको आरोपमा भाटभटेनी सुपरमार्केटलाई गरेको कारवाहीमा भाटभटेनीको दोष नभई आफ्ना कमजोरी भएको दाबी सो सामग्री सप्लायर्सले गरेको छ ।

वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको भोलिपल्टै सो सामग्रीको सप्लायर्सले यस्तो दाबी गरेको हो ।

टेकुमा रहेको यस काष्ठमण्डप खाद्य उद्योगले भाटभटेनीलाई १० वर्षदेखि नेवार समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐंठे, रोट, पञ्जाफी, अनरसालगायत सप्लाई गर्दै आएको जनाएको छ ।

काष्ठमण्डप खाद्य उद्योगले विज्ञप्ति निकालेर भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा भाटभटेनी स्वयंले मूल्य र बारकोड स्टिकर टास्ने गरेकोमा लकडाउनका कारण आफूहरूले नै सो स्टिकर टास्ने क्रममा असावधी भएको जनाएको छ ।

उद्योगका तर्फबाट अनिलदास राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ- 'लकडाउनका कारण अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको र सोही वस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारवाही भएको हो ।'

उसले पछिल्लोपटक यस उद्योगले वैशाख १० गते आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको दाबी गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि