जेठ ०४, २०८१, शुक्रबार
               

अर्घाखाँचीमा नगद र सुन चोर पक्राउ

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नगद र सुन चोर्ने एक जना पक्राउ परेका छन् ।

उक्त नगरपालिका– १ मा रहेको गाहा चाउमिन तथा बेकरिज् उद्योगबाट नगद एक लाख ४७ हजार रुपौयाँ र २ तोला सुन चोर्ने रूपन्देही तिलोत्तमा नगरपालिका ६ का विजय पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । 

कोरोना भाइरसको जोखिमबीच भइरहेको लकडाउनको बेला उद्योगमा कोही नभएको मौका छोपेर नगद र सुन चोरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि