जेठ ०८, २०८१, मंगलबार
               

पाइप उद्योगमा आगलागी हुँदा १० लाखबराबरको क्षति

नेपाल फ्ल्यास
बैशाख १५, २०७७

ADVERTISEMENT

काठमाडौं । वीरगञ्जमा एक पाइप उद्योगको गोदाममा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ । 

वीरगञ्ज–१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी हुँदा सो क्षति भएको हो । 

पर्सा जिल्ला प्रहरी कार्यालयले पनि तयारी पाइप राखिएको गोदाममा आगलागी हुँदा करिब  १० लाख मूल्यबराबरको क्षति भएको जानकारी दिएको छ । 

पर्सा प्रहरीले आगलागीबाट एक थान मोटरसाइकल जलेको र गोदम आसपासका घरका झ्यालमा पनि क्षति पुगेको जानकारी दिएको छ ।

आगलागी सोमबार वरुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा लिइएको पर्सा प्रहरी कार्यालयले जानकारी दियो ।

सो उद्योगका सञ्चालक विनय नेपालले गोदाममा कामना र मनकामना प्लास्टिक उद्योगका पाइप र  साे फ्याक्ट्रीबाट उत्पादित पाइप राखिएको बताए ।

तर, उनले आगलागी कसरी भयो भन्नेबारे आफू अनभीज्ञ रहेका जानकारी दिए ।

यो पनि