जेठ ०८, २०८१, मंगलबार
               

जनप्रतिनिधिको खाजा खर्च विपन्नलाई राहत

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

ओखलढुगां । मानेभञ्ज्याङ गाउँपालिका– ४ केत्तुकाका जनप्रतिनिधिले आफूले खाजा खर्चबापत पाउने रकमबाट विपन्नलाई खाद्याय पदार्थ सहयोग गरेका छन् ।

वडाध्यक्ष र सदस्यले आफूले नेपाल सरकारबाट खाजा तथा सवारी खर्च शीर्षकमा पाउने तीन महिनाको रकमले स्थानीय अतिविपन्न तथा श्रमिक ९५ परिवारलाई खाद्य पदार्थ सहयोग गरेका हुन् ।

वडाका विपन्नलाई प्रतिपरिवार ३० केजी चामल, दाल, नुन, तेलसहितका दैनिक उपभोग्य सामग्री वितरण गरिएको वडाध्यक्ष सन्तबहादुर तामाङले जानकारी दिए ।

तामाङसहित सदस्य नवीन राई, टंकप्रसाद राई, सरिता तामाङ र सुन्तली विकले आफूले पाउने रकम जम्मा गरेर गाउँलेका लागि राहत दिए ।


कस्तो लाग्यो ?

यो पनि