जेठ ०४, २०८१, शुक्रबार
               

पचास वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । एकैपटक ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरिएको छ । विभिन्न मितिमा अनुमतिपत्र लिएर निर्माणको प्रक्रिया नै सुरु नगरेका र ग्यास बोटलिङमा ढिलाई गरिरहेका उद्योगको अनुमतिपत्र नेपाल आयल निगमले खारेज गरेको हो ।

निगमको शुक्रबार एक सूचना जारी गर्दै विभिन्न मितिमा अनुमति लिएका ५३ मध्ये ३ वटा उद्योगले मात्रै शर्त बमोजिमको प्रक्रिया अघि बढाएको पाइएको छ ।

बाँकी ५० उद्योगले अनुमति अनुरूप तोकिएको समयभित्र उद्योग सञ्चालनमा ल्याउन नसकेको र अनुमतिपत्र विक्री वितरण गरेर विकृति निम्त्याएको ठहर गर्दै उनीहरुको निर्माण र सैद्धान्तिक सहमति खारेज गरिएको जानकारी दिइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि