काठमाडाैं । राष्ट्रपति कार्यालयले सञ्चित कोष आर्थत् सरकारलाई साढे नौ करोड फिर्ता गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट राष्ट्रपति कार्यालयले साढे ९ करोड फिर्ता अर्थात् जम्मा गरेको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
उनले भने, ‘यो रकम सरकारको संघीय सञ्चित कोषमा जम्मा हुन्छ ।’