बैशाख १८, २०८१, मंगलबार
               

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

नेपाल फ्ल्यास
बैशाख ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो । तर, उक्त दर शुक्रबार बढेर खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको छ । 

युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि