बैशाख २५, २०८१, मंगलबार
               

रोग र भोकसँग लडिरहेका जनता कालोबजारीको फन्दामा
लकडाउनले महँगियो भान्छा, खुद्रा व्यापारीले बेच्छन् दोब्बरमा तरकारी

ADVERTISEMENT

सरकारले अत्यावश्यक सामग्री, फलफूल तथा खाद्य वस्तुको ढुवानी र बिक्री वितरणमा छुट दिएको छ । तर व्यापारीले होलसेल मूल्यभन्दा दोब्बर लिएर उपभोक्तालाई तरकारी बेचिरहेका छन् । अर्कोतर्फ बजार मूल्यमा एकरूपतासमेत छैन । लकडाउनमा घरबाहिर हिँड्न कठिन भएकाले उपभोक्ताहरू सस्तो पाइने ठाउँमा समेत जान पाउँदैनन् । यही बहानामा अधिकांश व्यापारीले मूल्य बढाएका छन् ।

टेकुकी स्वेता श्रेष्ठ बुधवार बिहान कालीमाटी तरकारी बजारमा तरकारीको स्टल चहार्दै थिइन । आफ्नै टोलमा भन्दा सस्तोमा पाइने आसले उनी कालीमाटी पुगेकी थिइन् । उनले केही सस्तोमा तरकारी त पाइन् तर उनले तिरेको मूल्य व्यापारीले होलसेलमा किनेको भन्दा झन्डै दोब्बर थियो । कालीमाटी तरकारी बजारमै भेटिएकी अर्की गृहिणी सुनिता कार्कीले पनि व्यापारीले धेरै नाफा राखेको गरेको गुनासो गरिन् । 

लकडाउनको मौकामा बजारमा तरकारीको भाउ ह्वात्तै बढेपछि स्वेता र सुनिताजस्तै आम उपभोक्ताहरू मर्कामा छन् । लकडाउनका कारण सबै कालीमाटी पुग्न सक्दैनन् । स्थानीय बजारमै किन्न जानुपर्ने बाध्यता छ । कालीमाटीमा समेत स्वाभाविक मूल्यमा किन्न नपाउने उपभोक्ताले स्थानीय बजारमा तोकिएकै मूल्यमा पाउने कुरै भएन । 

कालीमाटी तरकारी बजारमा होलसेलमा बिहान ४० रुपैयाँमा किनेको गोलभेँडा व्यापारीले साँझ ७० रुपैयाँ प्रति किलोले बिक्री गरिरहेको भेटिन्छ । व्यापारीले पैँतीस-चालीस रुपैयाँमै होलसेलमा आलु किनेर खुद्रामा ७० बेचिरहेका छन् । तोकिएको खुद्रा मूल्य भन्दा १० रुपैयाँ बढीमा बेचिरहेका छन् । 


कालीमाटी र चाबहिल गणेश मन्दिरको तरकारी बजारको दुरी आठ किलोमिटर मात्रै छ । कालीमाटीबाट खरिद गरेर लगेको तरकारी चाबहिलका व्यापारीले दोब्बरभन्दा बढी मूल्य लिएर बिक्री गर्ने गरिरहेका छन् । 

कालीमाटीबाट बुधवार ४० रुपैयाँमा खरिद गरेको ठुलो गोलभेँडा चाबहिलका व्यापारीले बिहान ८ बजे ८० रुपैयाँ प्रति किलोमा बेचिरहेका भेटिए । त्यही गोलभेँडा केही पर गौरीघाट खरिबोट तरकारी बजारमा ८५ रुपैयाँमा उपभोक्ताले किनिरहेका थिए । धुम्बाराही, शान्तिनगर, टुकुचा तरकारी बजारमा समेत तरकारीका फरक– फरक मूल्य छन् । तर सबै बजारमा कालीमाटी फलफूल तथा तरकारी बजारले मूल्य निर्धारण गरेभन्दा झन्डै दोब्बरमा विक्री भइरहेको छ । अधिकमत खुद्रा मूल्य ५० तोकिएको काउली बजारमा ८० रुपैयाँसम्म पर्छ । कालीमाटीमै खुद्रा मूल्य भन्दा १० रुपैयाँ बढीमा विक्री भइरहेको छ । 

लकडाउनको मौका छोपी तरकारी तथा फलफूलको भाउ महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार लगायतका बजारका व्यापारीले सरकारी निर्देशन अवज्ञा गर्दै तोकिएभन्दा बढी मूल्यमा बेचिरहेका छन् । व्यापारीले होलसेल मूल्यभन्दा दोब्बर बढी मूल्य लिएर उपभोक्तालाई तरकारी बेचिरहेका छन् । अर्कोतर्फ बजारमा मूल्यमा एकरूपता समेत छैन । व्यापारीले आफूखुसी मूल्यवृद्धि गरेको पाइए पनि नियामक निकाय मौन छ । सरकारले अत्यावश्यक वस्तु तरकारी, फलफूल तथा खाद्य वस्तुको ढुवानी र बिक्री वितरणमा छुट दिएको छ । तर होलसेलमा त्यति धेरै मूल्यवृद्धि नभए पनि खुद्रा पसलमा व्यवसायीले मनपरी मूल्य लिएका हुन् । 

तरकारीको मूल्य बढ्दा चामल, दाल, चना, मटर, तेल, नुनजस्ता अत्यावश्यक खाद्यान्नको भाउ बढेपछि लकडाउनको मारमा रहेका सर्वसाधारणले थप सास्ती बेहोर्न बाध्य छन् । लकडाउनको मौका छोपी खुद्रा व्यापारीले आफूखुसी मूल्य बढाएको उपभोक्ताको गुनासो छ ।

सरकारले लकडाउन गरेका बेला फाट्टफुट्ट खुलेका पसल पनि प्रहरीले बन्द गर्दै हिँडेको व्यवसायीको गुनासो छ । बिहानऔबेलुका खुल्ने यस्ता पसलबाट उपभोक्ताहरू महंगोमा भए पनि तरकारी किन्न बाध्य छन् । लकडाउनमा घरबाहिर हिँड्न कठिन भएकाले उपभोक्ताहरू सस्तो पाइने ठाउँमा समेत जान पाउँदैनन् । यही बहानामा अधिकांश व्यापारीले मूल्य बढाएका छन् । 

व्यापारीको उम्कने दाउ, भन्छन् –‘आयात घटेकाले मूल्य बढ्यो’

सवारी आवतजावत बन्द भएसँगै तरकारी, फलफूललगायत खुद्रा व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिएका हुन् । व्यापारीहरूले भने भारतबाट तरकारी आयात घटेका कारण भाउ बढेको जनाएका छन् । ढुवानी तथा लोडअनलोड गर्ने श्रमिकको अभाव औँल्याउँदै होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका छन् । त्यो प्रभाव बजारमा परेको छ । एक व्यापारीले भने ‘होलसेल विक्रेताले सबै वस्तुमा मूल्य बढाएका कारण खुद्रा विक्रेताले पनि बाध्य भएर बढाउनुपरेको हो ।’

विगतको अनुपातमा तरकारी आयात हुन नसकेको महँगी बढेको व्यवसायी स्विकार्छन् । मागअनुसार तरकारी आयात हुन नसकेकाले मूल्यवृद्धि भएको उनीहरूको दाबी छ । ‘बजारमा तरकारी आयात रोकिने बित्तिकै एक्कासी मूल्य बढ्ने गर्छ, अहिले आयात नरोकिए पनि विगतको भन्दा कम मात्रामा आइरहेको छ, मागअनुसार तरकारी आउन सकेको छैन, यसैले मूल्य केही बढेको हो ।’

निरीह प्रशासन 

लकडाउनको मौका छोपी खुद्रा पसलहरूले भने चर्को मूल्य असुलिरहे पनि नियामक निकाय मौन छ । सवारी आवतजावत बन्द भएसँगै तरकारी, फलफूललगायत खुद्रा व्यवसायीले उपभोक्ताबाट मनपरी मूल्य लिएका छन् । तर कतैबाट गुनासो नआएको जिल्ला प्रशासन कार्यालय, काठमाडौँको भनाइ छ ।

प्रशासकीय अधिकृत खड्गबहादुर श्रेष्ठले बिहान र बेलुका दुई घण्टा खाद्यान्न तथा तरकारी पसल खोल्न दिइएको बताए । तर बजारमा मूल्य बढी लिएको गुनासो कहीँ कतैबाट नआएको उनले बताए । ‘बिहान ५ देखि ७ र बेलुका पनि सोही समयमा खाद्य पसल खोल्न दिएका छौँ, तर कालाबजारीको गुनासा आएको छैन’ उनले भने । 

विक्रेतासँग मूल्यवृद्धिको कारण खोज्न र मनलाग्दी गर्नेलाई कारबाही गर्न उपभोक्ताले माग गरे पनि वाणिज्य विभाग मौन रहेको एक उपभोक्ता अधिकारवादीहरू बताउँछन् । लकडाउनमा आयआर्जन नभएका सर्वसाधारणको हैसियतले धान्न नसक्ने गरी मूल्यवृद्धि भए पनि सरकारको ध्यान जान नसकेको उपभोक्ता अधिकारकर्मीको आरोप छ ।

गौरीघाट खरिबोटमा तरकारी किन्दै गरेका उनले भने ‘व्यापारीले आफूखुसी मूल्य तोक्दा पनि सरकारले अनुगमनमा चासो दिएको छैन, एकतातिर लकडाउन अनि अर्कोतिर महंगीको मार छ  ।’ 

हेर्नुस् बुधबार बेलुकी ५ बजेको कालिकाटी तरकारी बजारको थोक मूल्य

दैनिक थोक मूल्य विवरण
चैत्र  २६, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा सानो के.जी. ४५ ५० ४८
गोलभेडा सानो(भारतीय) के जी ५५ ६० ५८
अालु रातो के.जी. ३८ ४० ३९
प्याज सुकेको भारतीय के.जी. ४० ४२ ४१
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. २० २५ २२
बन्दा(नरिवल) केजी २० २५ २२
काउली स्थानिय के.जी. २० २५ २२
स्थानीय काउली(ज्यापु) केजी २५ ३० २८
मूला सेतो(लोकल) के.जी. १० १५ १२
सेतो मूला(हाइब्रीड) केजी १० १५ १२
भन्टा लाम्चो के.जी. २० २५ २२
भन्टा डल्लो के.जी. २० २५ २२
बोडी(तने) के.जी. ४० ४५ ४२
मटरकोशा के.जी. ३० ३५ ३३
घिउ सिमी(लोकल) के.जी. ३५ ४० ३८
घिउ सिमी(हाइब्रीड) केजी ३५ ४० ३८
टाटे सिमी के.जी. २५ ३० २८
तितो करेला के.जी. ९५ १०० ९८
लौका के.जी. ३५ ४० ३८
परवर(तराई) केजी ९५ १०० ९८
घिरौला के.जी. ४० ५० ४५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. २० २५ २२
हरियो फर्सी(डल्लो) केजी २५ ३० २८
बरेला के.जी. ३५ ४० ३८
रायो साग के.जी. ३५ ४० ३८
पालूगो साग के.जी. ३५ ४० ३८
चमसूरको साग के.जी. ३५ ४० ३८
मेथीको साग के.जी. ३५ ४० ३८
प्याज हरियो के.जी. ४५ ५० ४८
बकूला के.जी. ३५ ४० ३८
च्याउ(कन्य) के.जी. ८० ९० ८५
च्याउ(डल्ले) के जी २९० ३०० २९५
ब्रोकाउली के.जी. ३० ३५ ३३
चुकुन्दर के.जी. ५० ६० ५५
सौफको साग के.जी. ३५ ४० ३८
गान्टे मूला के.जी. ३५ ४० ३८
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. २२० २३० २२५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. २९० ३०० २९५
सुन्तला(भारतीय) केजी ९० १०० ९५
तरबुजा(हरियो) के.जी. ४५ ५० ४८
काक्रो(लोकल) के.जी. ३० ४० ३५
काक्रो(हाइब्रीड) के जी १५ २० १८
मेवा(भारतीय) केजी ९० १०० ९५
अदुवा के.जी. १५० १६० १५५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ७५ ८० ७८
खुर्सानी हरियो(बुलेट) के जी ७५ ८० ७८
भेडे खु्र्सानी के.जी. ९५ १०० ९८
लसुन हरियो के.जी. ९० १०० ९५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको चाइनिज के.जी. ३३५ ३४० ३३८
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि