काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमयदरमा अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा रहेको छ भने युरो एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्स्तैय पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४० पैसा र बिक्रीदर १५० रुपैयाँ १५ पैसा पुगेको छ । मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।
साथै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३३ रुपैयाँ पुगेको छ ।