जेठ ०४, २०८१, शुक्रबार
               

लिटरमा डिजेल-पेट्रोलकाे मूल्य १० रुपैयाँ घट्यो

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य घटाएको छ । 

निगम संचालक समितिको बुधबार बसेको बैठकले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएकाे छ । अहिले कायम भएकाे मूल्यअनुसार पेट्रोल ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ कायम भएकाे निगमले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि