काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३२ रुपैयाँ १९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ११ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा रहेको छ ।