जेठ ०८, २०८१, मंगलबार
               

ढुक्क भएर विद्युतीय उपकरणको प्रयोग गर्नुस् : कुलमान घिसिङ

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT


काठमाडौं । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले ढुक्क भएर विद्युत् खपत गर्ने विद्युतीय उपकरण प्रयोग आग्रह गरेका छन् । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएसँगै विद्युत  आपूर्ति घटेकाले ढुक्कसँग विद्युत्को उपयोग गर्न आग्रह गरेका हुन् । 

उनले मंगलबार राति विद्युत्को माग ४ सय ८३ मेगावाटसम्म झरेको छ । बुधबार बिहान विद्युत्को माग अझै घटेर ४ सय ४६ मेगावाटसम्म पुगेको बताए । उनले भने, ‘मध्यान्ह १२ बजेको डिमाण्ड ६ सय २८ मेगावाट छ ।’ 

विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकाको विद्युत्को माग घटेको भन्दै उनले लकडाउनभन्दा पहिले विद्युत अधिकतम माग  साढे तीन सय मेगावाटको हाराहारीमा रहेकोमा मंगलबार मुलुकभरको माग ९ सय ४५ मेगावाट हुँदा काठमाडौं उपत्यकाको २ सय ९० मेगावाटमा सीमित भएको बताए । 

काठमाडौं उपत्यकामा मंगलबार विहान विद्युत माग १ सय ३ मेगावाट र राति १ सय १७ मेगावाट रेकर्ड गरिएको छ । बुधबार बिहान काठमाडौं उपत्यकाको विद्युत माग  १ सय ४ मेगावाट मध्यान्ह १२ बजे १ सय ८२ मेगावाट पुगेको छ । 

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय र सेवा बन्द भएकाले अहिले घरायसी प्रयोजनका लागि मात्रै विद्युत् प्रयोग भइरहेकाले माग ‘ड्रास्टिकल्ली’ घटेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

‘उद्योग तथा कलकारखाना, व्यापारिक क्षेत्र बन्द भएको, विकास निर्माण ठप्प भएको र जाडो सकिएको तर गर्मी पनि सुरु भइनसकेको अहिलेको अवस्थाले गर्दा विद्युत्को लोड ह्वातै घटेको हो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘लकडाउनको कारण घरायसी प्रयोजनका लागि ग्यासको अभावमा भएमा इन्डक्सन चुलोलगायत विद्युतीय उपकरण ढुक्कसँग चलाउनु होला, हामीसँग पर्याप्त विद्युत् उपलब्ध छ ।’ 

घिसिङले पानी, हावाहुरी, प्राविधिक लगायतका कारण कुनै स्थानमा केहीबेर विद्युत् अवरोध हुन सक्ने भए पनि त्यसको मर्मतसम्भार गरी तत्काल सेवा सुचारु गराउने बताए । 

यो पनि