जेठ ०३, २०८१, बिहीबार
               

कहाँ-कहाँ खुल्छ बैंक ?

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न मंगलबारदेखि लागू हुने गरी देशभर लकडाउन घोषण गरेको छ ।

लकडाउनका बेला सर्वसाधारणलाई नगदको समस्या पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केही ठाउँहरुमा बैंक खुल्ने भएको छ ।

एटिएम मेसिन भएका स्थानहरुमा बिहान ११ बजे दिउसो १ बजेसम्म बैंकका शाखा कार्यालहरु खुला रहने बताइएको छ । 

निश्चित समय तोकेर निश्चित क्षेत्रका शाखाहरुबाट बैंकहरुले सेवा दिने भएका हुन् ।

बैंकमा नगद बाहेकका अन्य सेवा भने नदिइने नेपाल बैंकर्स संघले जानकारी दिएको छ । 

दैनिक उपभोगीय सामाग्री खरिद गर्नका लागि सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक खोल्न निर्णय गरेको संघले जनाएको छ ।

यसैबीच, सकेसम्म विद्युतिय माध्यमबाटै बैंकिङ कारोबार गर्न संघले आग्रह गरेको छ ।

कुन–कुन ठाउँका बैंक खुला रहन्छन् भनेर संघले सपष्ट पारेको भने छैन । संघले खुला रहने बैंकहरुको सूची सार्वजनिक गर्ने बताएको छ ।

जुनसुकै एटिएमबाट पैसा निकाल्नुस् 

बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन् । 

यस्तै मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा समेत शुल्क लाग्ने छैन । 


कस्तो लाग्यो ?

यो पनि