जेठ ०८, २०८१, मंगलबार
               

सिन्धुपाल्चोकका युवा बाख्रापालनतर्फ आकर्षित हुँदै

नेपाल फ्ल्यास
चैत १०, २०७६

ADVERTISEMENT

काठमाडाै‌ ।  सिन्धुपाल्चोक बरुवाका युवा पछिल्लो समय बाख्रापालनमा आकर्षित भएका छन् ।

बाख्रापालन व्यवसायका लागि चरिचरन र बजारको व्यवस्था भएकाले यस क्षेत्रका युवा विदेश जान छाडेर व्यवावसायिक बाख्रापालनतर्फ आकर्षित भएका हुन् । 

कामको सिलसिलामा ११ वर्षसम्म खाडी मुलुक बसेका पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका सत्यमान स्याङवा पनि बाख्रापालन व्यवसायमा लागेका छन् । 

सुरुमा ढवल एग्रोभेट प्रालिमार्फत ५५ स्थानीय जातका बाख्रा किनेर व्यवसाय सुरु गरेका उनका अहिले १०० भन्दा बढी बाख्रा छन् ।  

बाख्रापालनबाट वार्षिक खर्च कटाएर चारदेखि पाँच लाखसम्म कमाइ हुने भएकाले आफू बाख्रापालनमा लागेको उनी बताउँछन् । 

सिन्धुपाल्चोकका सत्यमान स्याङवा जस्तै १०० भन्दा बढी युवा व्यावसायिक रूपमा बाख्रापालनमा आबद्ध भएका छन् । 

जिल्लाभित्र र बाहिर मासुका लागि खसी, बोकाको माग बढ्नु, आर्थिक अन्यको तुलनमा राम्रो हुनाले युवा बाख्रापालनतर्फ आकर्षित भएका हुन् । 

यो पनि