जेठ ०१, २०८१, मंगलबार
               

दैनिक फेरबदल अमेरिकी डलरको भाउ

नेपाल फ्ल्यास
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउमा दैनिक फेरबदल भइरहेको छ ।

शुक्रबार एक डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको भाउ आइतबार एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा उल्लेख गरिएको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि