बैशाख २५, २०८१, मंगलबार
               

असक्षमताको कारण देखाउँदै आयल निगमद्वारा दुई निर्देशक सरुवा

नेपाल फ्ल्यास
चैत ०८, २०७६

ADVERTISEMENT

काठमाडौं । आयल निगमले वीरेन्द्र गोइत र विनितमणि उपाध्यायलाई सरुवा गरिएको छ । 

पर्याप्त मात्रमा भारतबाट इन्धन अए पनि वितरण गर्न नसकेको भन्दै आयल निगमले उनीहरुलाई शुक्रबार राति सरुवा गरेको हो । 

यसरी सरुवा भएका वीरेन्द्र गोइतले देशैभरको इन्धन वितरण प्रणाली र अर्का  विनितामणि उपाध्यायले काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशको इन्धन वितरण प्रणाली हेर्दै आएका थिए । 

आयल निगमले भारतबाट पर्याप्त मात्रामा इन्धन आए पनि सहज वितरण गर्न नसकेको भन्दै उनीहरुलाई सरुवा गरेको बताएको छ ।

रिक्त थानकोट डिपोको जिम्मा आयल निगमले निर्देशक प्रदीप यादवलाई दिएको छ । यादव एक महिनाअघि मात्र अमलेखगञ्ज डिपोबाट केन्द्रीय कार्यालय सरुवा भएका थिए ।

यो पनि