जेठ ०४, २०८१, शुक्रबार
               

कालीकोटमा तीन दिन अन्धकार हुने

नेपाल फ्ल्यास
चैत ०५, २०७६

ADVERTISEMENT

जिल्लाको एक मात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको हो । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नुपरेको छ । 

32 वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका खाँडाचक्र नगरपालिका सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका करीब दुई हजार ६ सय सेवाग्राहीलाई सेवा दिँदै आएको छ । 

नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लघुजलविद्युत् आयोजनाको क्षमता ५०० किलोवाट रहे तापनि हाल मेसिनमा देखिएको खराबीका कारण १८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताए। “प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको हा”, उनले भने, “बत्ती नहुँदा जिल्लास्थित उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विद्युतीय उपकरणमा ठूलो समस्या देखिने गरेको छ ।”

बत्ती आउने–जाने कारणले विद्युतीय उपकरणहरू पड्किने बिग्रनेलगायत थुप्रै समस्याले सेवाग्राही हैरान भएका छन् । विद्युत् लाइन आउने निश्चित समय तालिका लागू गर्नुपर्ने यहाँका नागरिकको गुनासो छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालीकोटका नागरिकले सोचेबमोजिम विद्युततीय पावर प्रयोग गर्न नसक्ने बताए।

राष्ट्रिय प्रसारण लाइनका लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटवासीले बाल्न पाउने उनको भनाइ थियो । 
 


कस्तो लाग्यो ?

यो पनि