जेठ ०४, २०८१, शुक्रबार
               

तथ्य र प्रक्रिया पूरा गरेर आए सरकारले राहतका कार्यक्रम घोषणा गर्छ : ईश्वर पोखरेल

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

विश्वव्यापी कोरोनाका कारण विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहेका बेला नेपालको अर्थतन्त्रमा पनि यसको प्रभाव परेको छ । यसको मारमा निजी क्षेत्र पनि परेका छन् ।  

जसका कारण नेपालका निजी क्षेत्रले सरकारले राहतका कार्यक्रम ल्याउन माग गर्दै आएका छन् । यसै क्रममा सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले निजी क्षेत्रलाई ठोस रुपमा योजना लिएर आउन आग्रह गरेका छन् । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र पर्यटन व्यवसायीबीच भएको छलफलमा राहतको प्याकेज ल्याउने प्रतिबद्धता जनाउँदै उनले व्यवसायीसँग यस्तो आग्रह गरेका हुन् । 

‘हामी निर्णय गर्ने ठाउँमा भए पनि सबै कुरा थाहा हुँदैन,’ मन्त्री पोखरेलले भने, ‘पर्यटन क्षेत्रको वास्तविक समस्या के हो? कुन–कुन व्यवसायलाई ठूलो असर गरेको छ, ठोस रूपमा लिएर आउनुहोस् ।’ 

साथै, उनले व्यवसायीलाई भावनामा बगेर नभई प्राथमिकताका आधारमा पर्यटन मन्त्रालयमार्फत आउन व्यवसायीलाई आग्रह गरेका छन् । 
पर्यटन व्यवसायीसँग उनले भने, ‘अर्थमन्त्रीसमेत पर्यटन व्यवसायीको कुरामा सहमत हुनुहुन्छ । तथ्यांकमा प्रस्तुत भएर आउनुहोस् ।’ 

साथै, उनले सबै प्रक्रिया पूरा गरेर आए आफूले नेतृत्व गरेको उच्चस्तरीय समितिमार्फत राहतको कार्यक्रम घोषणा गर्नेसमेत बताए । 

यो पनि