जेठ ०५, २०८१, शनिबार
               

साढे ९ लाख बढी मास्क बरामद

नेपाल फ्ल्यास
चैत ०३, २०७६

ADVERTISEMENT

कालोबजारी बढेपछि सरकारले अनुगमन तिब्र बनाएकाे छ । कालोबजारीका लागि मास्क लुकाएकाे सूचनाका आधारमा प्रहरीले आइतबार छापा मार्दा लाखौ मास्क बरामद गरेकाे प्रहरीले जनाएकाे छ । 

अनुगमनकाे क्रममा आइतबार दिउँसो प्रहरीले  करिब साढे ९ लाख बढि मास्क नियन्त्रणमा लिएको छ । चीनबाट नेपाल ल्याएर कालोबजारी गर्न लुकाएर राखेको विशेष सुचनाका आधारमा प्रहरीले कपन र सतुङ्गलमा छापा मारेको थियो ।

आरडीपी इन्टरपाइजेजको दुई वटा गोदामबाट उक्त मास्क प्रहरीले बरामद गरेकाे  हो । भारतीय नागरिक सुरज गोयल र सुवास महेश्वरीको नाममा रहेको उक्त आरडीपी इन्टरप्राइजेजमा कालोबजारीका लागि राखिएकाे  मास्क प्रहरीले बरामद गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होवीन्द्र बोगटीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि