जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्य ह्वात्तै घट्यो

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । शुक्रबारका दिन सुनको मूल्य प्रतितोला ३ हजारले घटेको छ। बिहीबारका दिन ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य शुक्रबार ३ हजारले घटेर ७८ हजार ५ सयमा पुगेको छ ।

त्यसैगरी, छापावाला सुनको मूल्य ७८ हजार २ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ।

शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी ४० रुपैयाँले घटेर ८ सय २० मा कायम भएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १५ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि