बैशाख २३, २०८१, आइतबार
               

चीनबाट सामान नेपाल आउन सुरु

नेपाल फ्ल्यास
फागुन ३०, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण चीनमा रोकिएका सामान नेपाल आउन सुरु भएको छ ।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रूपमा अहिले आइरहेको जानकारी दिए ।

केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता हुँदै नेपाल आउन सुरु भएको उनले बताए ।

औषधि बनाउने कच्चा प्रदार्थ र औषधि सहज रुपमा आईरहेको जानकारी दिदै व्यवसायीहरूले सामान लोड गरिरहेको दाहालको भनाई छ ।
 


कस्तो लाग्यो ?

यो पनि