बैशाख २४, २०८१, सोमबार
               

बढ्यो सेयर बजार

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । बुधबार सेयरबाजर बढेको छ । 

मंगलबार कारोबार खुलेदेखि नै ओरोलो लागेको बजार दुई घन्टा बाँकी छँदै ६ प्रतिशतले ओरालो लागेका कारण नकारात्मक सर्किट लागी बन्द भएको थियो । मंगलबार ओरालो लागेको नेप्से आज पुनः उकालो लागी बन्द भएको छ । 

बुधबार १३४९.१३ अंकमा खुलेको नेप्से ७३.७८ अंकले वृद्धि भएर १४२३.०९ अंकमा पुगेर रोकिएको छ । नेप्से सँगै सेनसेटिभ इनडेकसमा पनि वृद्धि भएको छ । 

बुधबार नेप्सेमा १८० कम्पनीको ५६ लाख २६ हजार ८१२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २२ करोड ११ लाख रुपैयाँको कारोबार भयो । 

आज नेप्सेमा म्युचुअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै व्यापार समूह ८.३ प्रतिशतले वृद्धि भएको भने निर्जीवन बिमा समूह ७.५८ प्रतिशतले बढेको छ । त्यस्तै होटल समूह, जीवन बिमा, हाइड्रोपावर, बैंकिङ र लघुवित्त समूह पनि ५ प्रतिशतभन्दा माथिले बढी बजार बन्द भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि