जेठ ०८, २०८१, मंगलबार
               

बारमा प्रवेशअघि टेम्प्रेचर गनबाट परीक्षण

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

पोखरा । कोरोना भाइरसका कारण धराशायी बन्दै गएको पोखराको पर्यटन व्यवसायलाई कोरोनामुक्त गर्न लेकसाइटको एक लाउन्ज बारले आफ्नो तर्फबाट सतर्कता अपनाउँदै कोरोना चेक गर्ने मेसिन राखेर प्रयोगमा ल्याएको छ ।

पोखरा लेकसाइडको ट्रेजर लाउन्ज बारले आफ्नो बारभित्र पस्ने मूल गेटमा टेमप्रेचर गन मेसिनले चेक गरेर मात्र प्रवेश गराउने तथा सेनिटाइजर र मास्कको फ्री सुविधा प्रदान गरेको छ ।

ट्रेजर लाउन्ज बारका सञ्चालकमध्येका एक किरण बरालका अनुसार कोरोनाका कारण विश्व नै प्रभावित बनेको बेला सावधानी अपनाएको बताए । उनले आफूहरूले सेनिटाइजर तथा मास्क निःशुल्क प्रदान गर्नुका साथै मूल गेटमा टेम्प्रेचर गनले चेक गर्ने व्यवस्था गरेको बताए । दुई वटा टेम्प्रेचर गन प्रयोगमा राखिएको पनि उनले जानकारी दिए ।

दुई टेम्प्रेचर गन नेपालमा उपलब्ध नभएर विदेशबाट मगाएको पनि उनले बताए । उनले कोरोनाको आशङ्का लागेका तथा १०० डिग्री फरेनाइटभन्दा माथिको टेम्प्रेचर भएकाहरूलाई प्रवेश निषेध गरिने जानकारी दिएका छन् । टेम्प्रेचर गनले मूल गेटमा जाँच नगरी प्रवेश नदिने व्यवस्था रहेको पनि उनले बताए ।

दैनिक सयौँ आउने ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सो अभियान सुरु गरिएको पनि बरालले बताएका छन् । कोरोनाका कारण पर्यटक तथा अन्य नेपालीहरूमाझ त्रास बढेको भन्दै उनले त्रसित हुनु नपर्ने पनि बताए ।

बेलुका ८ बजे बाट दुई बजेसम्म सञ्चालन हुने यो बार टिनएजरहरुको र विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि