बैशाख २४, २०८१, सोमबार
               

सेयरबाजरसँग आफूलाई नजोड्न अर्थमन्त्रीको आग्रह

नेपाल फ्ल्यास
फागुन २२, २०७६

ADVERTISEMENT


अर्थमन्त्री युवराज खतिवडाले शेयरबजारको उतारचढावसँग आफूलाई नजोड्न आग्रह गरेका छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका खतिवडाले मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले व्यक्तिको अनुहार हेरेर भन्दा पनि पुँजीबजारमा कम्पनी हेरेर लगानी गर्न  आग्रह गरेका छन् । 

साथै, उनले लगानीकर्ताले बैंको नीति समस्या भए बसेर कुरा गर्न सकिने, तर नेप्सेको उतारचढाव कसैसँग जोडेर हेर्नु उपयुक्त नहुने बताए । 
उनले लगानीकर्तालाई सरकारले लगानी गर्ने अवसर मिलाइने, तर अरु जोखिम लागानीकर्ता स्वयंले लिनुपर्ने बताए । 

राष्ट्रियसभा सदस्यको म्याद सकिएसँगै पुनः  अर्थ मन्त्री भएको भोलिपल्टै खतिवडाले यस्तो बताएका हुन् । 

अर्थमन्त्री खतिवडा राष्ट्रिय सभा सदस्यको म्यादस सकिने र अर्थमन्त्रीबाट पनि हट्ने सम्भावना भई सेयर बजार बढेको थियो । 

यद्यपि, उनी आउने संकेतसँगै घट्न थालको सेयर बजार हिजो पूरै घटेको बजार आज हिजोको तुलनामा केही सुधार भएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि