कामठाडौं । बजारमा लसुनको भाउ घटेको छ । भारतीय लसुनको आयात हुन थालेपछि लसुनको मूल्य आधा घटेको हो ।
चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए ।
यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो २२० रुपैयाँ थियो ।
तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो ७ सयदेखि ८ सय रुैियाँसम्ममा बेचेको कालीमाटी तरकारी बजारका व्यवसायी रामबहादुर क्षत्रीले बताए ।
भारतीय लसुनको आयात हुन थालेपछि भने मूल्य घट्दै प्रतिकिलो ४२० रुपैयाँ कायम भएको छ । त्यसैगरी भारतीय लसुनको मूल्य प्रतिकिलो २८० रुपैयाँ रहेको छ ।
चीनबाट लसुन आयात हुन नसक्दा व्यापारीहरूले लुकाएर राखेको चिनियाँ लसुन अहिले बजारमा आउन समेत थालेको छ ।