जेठ ०८, २०८१, मंगलबार
               

पानीले इँटामा १५ करोडको क्षति

नेपाल फ्ल्यास
फागुन १५, २०७६

ADVERTISEMENT

तीन दिनदेखि परेको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा रु १५ करोड बराबरको क्षति भएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि तीनदिन  परेको पानीका कारण सुकाइएका  कांँचो इँटाको ठूलो क्षति भएको छ।

इँटा उद्योग सङ्घ चितवनका अध्यक्ष नारायण सापकोटाका अनुसार यो समय इँटा बनाउनका लागि उपयुक्त समय भएता पनि भारी वर्षाका कारण कुनै इँटा काम नलाग्ने गरी क्षति भएको  हो ।

वास्तविक तथ्याङ्क आइनसकेको भए पनि अनुमानित १५ करोड रुपैंया बराबरको क्षति भएको उनले जानकारी दिए ।

तीनकाे वर्षाका कारण जिल्लामा रहेका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको उनको  भनाइ छ । जिल्लामा १८ वटा इँटा उद्योग छन् ।


कस्तो लाग्यो ?

यो पनि