जेठ ०५, २०८१, शनिबार
               

नेपाल बैंकको आठराई शाखा सञ्चालनमा

नेपाल फ्ल्यास
फागुन १२, २०७६

ADVERTISEMENT

आठराईमा नेपाल बैंक लिमिटेडको १७७ औं शाखा  सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक विशेष समारोहबीच सो शाखाको उद्घाटन गरेका हुन् ।  

    उद्घाटनपश्चात् तेह्रथुम जिल्ला, आठराई गाउँपालिका– १, सङ्क्रान्ति बजारमा अवस्थित आठराई शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ कारोवार सुरु भएको छ । शाखाको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल बैंकको १७७औँ शाखाका रुपमा पुनःस्थापित आठराई शाखाले यस भेगमा नै बैंकिङ कारोवारमार्फत आर्थिक विकासमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले बैंकसँग कारोवार गरी आफ्नो आर्थिक उन्नति गर्न सबैलाई आह्वानसमेत गरे । 

   नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले आम नागरिकमा बैंकिङ पहुँच पुर्‍याउने लक्ष्यअनुरुप देशका विभिन्न स्थानमा विगतमा बन्द भएका शाखाको पुनःस्थापना तथा नयाँ शाखा कार्यालय स्थापना गर्दै बैंकिङ कारोवार गर्दै सबै नेपालीलाई बैंकिङ पहुँच पुर्‍याउने अभियानमा बैंक रहेको बताए । 

    बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले व्यावसायिक सभ्याव्यताका आधारमा विभिन्न कर्जा सुविधा तथा निक्षेप योजना ल्याई सबैसँग व्यावसायिक साझेदारीका रुपमा बैंक अगाडि बढेको बताउँदै बजारको मागअनुरुपका नयाँ कार्यक्रमका साथ अत्याधुनिक बैंकिङ सेवा सुविधासहित बैंकले आफ्ना सबैं सेवाग्राहीलाई सन्तुष्टि प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    


कस्तो लाग्यो ?

यो पनि