कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको कुखुरा फार्ममा आगलागी भएको छ ।
आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको छ ।
स्थानीयवासी किष्ना भण्डारीले सञ्चालन गर्दै आएका सो फार्ममा शनिबार विद्युत् चुहिएर आगलागी भएको हो ।
उक्त आगलागीबाट बेच्न तयारी अवस्थाका राखिएका चार हजार कुखुरा र तीन हजार चल्ला जलेर नष्ट भएको हो ।
कमाइ खाने सहारा फार्म थियो उनले भने, “ जलेपछि निकै ठूलो घाटा व्यहोर्नुपरेको छ, पुनः फार्म सञ्चालन गर्ने पूँजी छैन, परिवारको खर्च केले चलाउने भन्ने पिरलो छ ।”
स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
भण्डारीले सात वर्षदेखि सो व्यवसाय गर्दै आएका थिए ।
नगरप्रमुख दिलबहादुर ऐरलगायतका जनप्रतिनिधिले फार्मको अनुगमन गरी क्षतिपूर्तिका लागि पहल गर्ने अश्वासन दिएका छन् ।