बैशाख २१, २०८१, शुक्रबार
               

सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ : अर्थमन्त्री खतिवडा

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक रहेको बताएका छन् । सोमबार ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशतभन्दा माथिको बहस हुने गरेको बताए । 

मन्त्री खतिवडाले राज्यसत्तामा रहँदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू अहिले र ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्ने गरेको बताए । उनले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरू  अहिले ६/७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको समेत  जनाए । 

अर्थमन्त्री खतिवडाले दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औषतभन्दा माथिको उपलब्धि भएको समेत स्पष्ट पारे । 

उनले तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरूसँग छलफल चलाउनुपर्नेमा जोड दिए । मन्त्री खतिवडाले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताए । 

कार्यक्रमा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले दिने तालिमको मोडलमा परिवर्तन गर्नुपर्ने बताए । उनले  वित्तीय स‌‌घीयताको पाटोमा अलिकति सुधार गर्नुपर्ने र त्यसका लागि तालिम केन्द्रको अभ्यास अगाडि बढाउनुपर्ने तालिम केन्द्रलाई अनुसन्धान उन्मुख बनाउनुपर्ने जाेड दिए  । 

तालिम केन्द्रले नयाँ भवनको निर्माण २९ कराेड ३३ लाख ७ हजार रुपैयाँ सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि २२ करोड ५२ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि